सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : हलमा लाग्यो ‘महाभोज’

काठमाडौं :

शुक्रबार (आज)बाट हलमा फिल्म ‘महाभोज’ प्रदर्शनमा आएको छ। दिनेश राउत निर्देशित यस फिल्मले देशभर २०० शोसहित सार्वजनिक प्रदर्शन आएको हो।

यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली,मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ।
जेठ १५ गते नै प्रदर्शनमा आउने भनिएको यो फिल्म विभिन्न कारणले सरेको थियो। यो फिल्मले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो भने बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न भएको छ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए। फिल्मयुनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ।
सहकारी पीडितहरूले यो फिल्म सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले फिल्मले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। ’महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको फिलम हो। यसका निर्माता हिमाल कडरिया हुन्।

Leave A Reply

Your email address will not be published.