काठमाडौं :
आगामी जेठ १५ गते रिलिज हुने भनिएको फिल्म ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ। उक्त गीतको भिडियोमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत मख्खै परेको देखिन्छन्।
उनीहरु यसैमा कौडा नाच नाचिरहेका छन्। उनीहरुको साथमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको पनि उपस्थिति रहेको छ। आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन्। भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ। गीतका कोरियोग्राफर मौसम हिमाली हुन्। कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन्।

दिनेश राउतको निर्देशनमा बनेको ुयस फिल्ममा विकास सुवेदीको स्क्रिप्ट लेखन रहेको रहेको छ। फिल्ममा आर्यन,दयाहाङ,खगेन्द्र,अञ्जना, गौमाया, मलिकाका साथमा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्।