सुचना, समाचार र मनोरन्जन

महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी चलाउन रोक

कञ्चनपुर,

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ । प्रहरीका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि गाडी चलाउन रोक लगाइएको हो ।

Leave A Reply

Your email address will not be published.