सुचना, समाचार र मनोरन्जन

आयआर्जनका लागी किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

बागलुङ/

किसानलाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले किसानसँगको सहलगानीमा रु. सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो,’ उनले भने । नगरपालिका र ५८ किसानको रु. चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनी टिलर हलो र मौरीका घार वितरण गरेको थियो । ्

Leave A Reply

Your email address will not be published.