काठमाडौं :
बाबु साहेब बलामीको निर्देशनमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छन। निर्देशक बलामीकै कन्सेप्ट रहने फिल्मका लागि करिश्मालाई अनुबन्धित गरिएको हो।
करिश्मालाई अनुबन्ध गरेपछि फिल्म युनिटले करिश्माको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ। करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ। तर उनको भुमिका बारे निर्माण पक्षले खुलाएको छैन्।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्ममा सत्य घटनामा आधारित हुने निर्देशक बलामीले बताए। उनका अनुसार फिल्ममा गाउँका महिलाले भोगेका पीडा देखाइने छ।
‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।
असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने निर्माण पक्षको भनाई छ।
फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।