सुचना, समाचार र मनोरन्जन

पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

काठमाडौँ :

पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आज बिहान ११ बजेदेखि वृहत मोटरसाइकल ¥याली कार्यक्रम आयोजना हुने भएको छ। आयोजक मानव सेवा फाउण्डेसनका अनुसार भोलि असार २२ गते, शनिवार विहान ११ बजेबाट मोटरसाइकल ¥याली सुरु हुने आयोजकले जनाएको छ।

श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जी महाराजका अनुसार मोटरसाइकल ¥याली पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुनस् पशुपति क्षेत्र पुग्ने छ। कोटिहोम महायज्ञ परिसर पशुपति क्षेत्रबाट बिहान १० बजेबाट वृहत मोटरसाइकल ¥यालीसँगै कार्यक्रमको २४ गते भने ट्याक्सी र्यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ। त्यस्तै असार २६ गते बिहान ११ बजे नै रिक्सा र्यालीको आयोजना गरिनेछ । असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्राको गरिने हो।

मानव सेवा फाउण्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्यालीको आयोजना गरिनेछ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ गते बिहान ७ बजेको समयमा आयोजना गरिने फाउण्डेसनले जनाएको छ। त्यस्तै महायत्र समुद्धघाटन श्रावण १ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । महायत्र समुद्धघाटन हुनु अघिल्लो दिनसम्म असार १ गतेदेखि असार ३१ गतेसम्म बुलुका ६ बजेदेखि ७ बजेसम्म मोटरसाइकल र्याली गर्दै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ। श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ। पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गते सम्म चल्नेछ। महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्नेछन्।

Leave A Reply

Your email address will not be published.