सुचना, समाचार र मनोरन्जन

मनोज र ताराले ल्याए ‘मायाको झल्को’

काठमाडौं :

गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ गीतको भिडियो स्रोता तथा दर्शकमाझ लिएर आएका छन्। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ। गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन्।

Chaka Panja

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ। भिडियोमा बिजय लामाले छायाँकन रहेको छ। अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो।

Leave A Reply

Your email address will not be published.