Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
चितवनमा ९५० नयाँ मतदाता थपिए
चितवन,
निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।
कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताउनुभयो । उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उनले बताए । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उनले जानकारी दिए।
विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनका मतदाता चार लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उनले बताए । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।
Prev Post