धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।