सुचना, समाचार र मनोरन्जन

‘मायाबी’को गीतको भिडियोमा रोए पल शाह,

काठमाडौं :

आगामी फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को अर्को गीत रिलिज भएको छ। निर्माण टिमले यस फिल्मको प्रसार सामाग्रीका रुपमा गीतसंगीतलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसैले पनि होला मंगलबार निर्माण टिमले युटुबमार्फत फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ।

sfal

दिक्षित पौडेल र समिरा थपलियाको स्वर रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द रचना छ। गीतको भिडियोमा निर्देशक दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेका छन्। फिल्मका मुख्य कलाकारहरु कलाकार पल शाह, दीपिका प्रसाँई, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई अभिनय गराइएको देख्न सकिन्छ।

यो गीतको भिडियोमा आफुले माया गरेको मान्छेलाई अर्केले लैजादा गर्नु परेको बिदाइको भाव प्रस्तुत गरिएको छ। जहाँ पललाई भावुकताका साथ गीतको भिडियोमा उतारिएको छ। यो फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ। दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्ममा नेम महर्जनको पनि लगानी छ। यसअघि यो फिल्मको दुई वटा गीत सार्वजनिक भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.