काठमाडौँ :
फिल्म ‘बिर बिक्रम’,‘लिली बिली’,‘ब्लाइण्ड रक्स’,‘गोर्खा वारियर’,‘बबी’,जस्ता फरक फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सले नयाँ फिल्मको घोषणा गरेका छन्।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माणमा लभस्टोरी जनरा नयाँ फिल्म बनाउने भएका छन्। राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा बन्ने फिल्मको को आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने निर्देशक मिलनले जानकारी दिएका छन्।
फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको र केहि दिनमा नै टुङ्गो लगाउने चाम्सको भनाई छ। चाम्सद्वारा निर्देशित फिल्म ‘अञ्जिला’आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।