सुचना, समाचार र मनोरन्जन

मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला : यसपालिको संस्कारण वासिङ्टन डी.सी.मा हुने

न्यूयोर्क :

विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ‘ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो।

आठौँ संस्करण सम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डी.सी.मा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार थुप्रै राम्रा नेपाली ईभेन्ट गरिसकेका चन्द्र लामाको कम्पनी युए.सए ईन्टरटेन्मेण्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दैछ।

यसैगरी शैलेन्द्रका अनुसार फिनालेको लोकेशन परिवर्तन गरिएका कारण यस वर्षको कार्यक्रम विगतका कार्यक्रम भन्दा अथ पृथक र भब्य हुने छ। उनका अनुसार यसपालिको संस्करणमा नेपाली सिने क्षेत्र सहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीहरुको समेत उल्लेखनिय उपस्थिती हुनेछ । कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९ ) गते हुनेछ। प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको  छ।

त्यस्तै, न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु  वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ। ‘नेपाली महिलालाई सशक्त बनाउँदै,आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुँदैछ। इच्छुकले प्रतियोगिताको आधिकारिक वेबसाइट https://missnepalnorthamerica.com मार्फत आवेदन दिन सक्नेछन् ।

Leave A Reply

Your email address will not be published.