काठमाडौँ :
गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’बोलको गीतको भिडियो रिलिज गरिएको छ। देउडा संकृतिमा आधारित रहेको गीतको भिडियोलाई रिलिज गरिएको हो।
गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ। भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन्।
नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो। जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन्। भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ।
भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् । सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन्। गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो। गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।