Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बाढीले अभिभावक खोस्यो, शिक्षा खोस्न नदिने संकल्पः १०० बढी बालबालिकाको भविष्यका लागि बतास–डा मनी लाल भौमिक फाउन्डेसन सहकार्य
- किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने जिम्मेवारी चाहेको हुँ’
- टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग
- त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
- प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने
- भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’को फिनाले सेप्टेम्बर ६ मा सर्यो
- नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
- अटिजमको भावुक कथाले हलमा दर्शकका आँखा रसायो, ‘पार्वती’ले समात्यो कमाइको नयाँ लय
- सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
- उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने
रसुवा,
रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ ।
रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने राससलाई जानकारी दिनुभयो ।
चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उनले स्पष्ट पारे ।
मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा रु १४–१५ अर्ब राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । गत आर्थिक वर्षको यसै अवधिमा रु १४ अर्ब भन्सार शुल्क असुली भएको थियो ।
‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १६ किमी राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदीकटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ । टिमुरे र तातोपानीबीचको पाखोमा पहिरो गहिरहने, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ ।
गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।