सुचना, समाचार र मनोरन्जन

वर्षा शिवाकोटीको ‘मोदीबेनी’ श्रावणमा रिलिज हुने पक्का

काठमाडौं :

अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भुमिका रहेको फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति पक्का भएको छ। निर्माण टिमले मंगलबार फिल्मलाई आगामी श्रावण १८ गतेको डेटलाई पक्का गरेको हो।

फिल्मको रिलिज मिति तोकेपछि निर्माता दिलीप केसीले यो फिल्मको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाको दाबी छ। फिल्ममा वर्षाका अलवा अमर प्रताप श्रेष्ठ,रेजिना उप्रेती,प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् भने लगानी दिलीप के.सी.,हरि श्रेष्ठको छ। उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ। रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्। फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।

Leave A Reply

Your email address will not be published.