काठमाडौं :
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मोहर’मा अभिनेता पल शाहको फरक फरक लुक्स देखिएको छ। उनको यो फिल्ममा दोहोरो भुमिका रहेको बुझ्न सकिन्छ।
ओम प्रतिकको निर्देशन बनेको यो फिल्ममा पलको जोडीको रुपमा बेनिशा हमाल र नीति शाह हुन कि भन्ने अनुमान गरिएको छ। तर यथार्त के हो भन्ने बारेमा भने फिल्म नै हेर्नुपर्ने छ।पलको भूमिका दोहोरो देखिएको देखिन्छ। किनभने सामाजिक सञ्जालमा छरप्रष्ट देखिन्छन्। कुनैमा उनी प्रहरी इन्स्पेक्टरको पोशाकमा देखिएका थिए।
त्यो सामाजिक सञ्जालमा बाहिर आएका भिडियो क्लिप हेर्ने हो भने निकै उनको भुमिका एउटा मात्रै थियो। जसमा उनको जोडी नीति हुन् भन्ने लागेको थियो। तर शुक्रबार निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा भने फरक देखिएका छन्। पलको गेटअप भरुवा बन्दुक ताकेको अवस्थामा लामो कपालमा देख्न सकिन्छ। त्यस कारण उनको चरित्र दोहोरो रहेको अनुमान गर्न सकिन्छ। यसको बारेमा बुझ्नका लागि दर्शकले फिल्म प्रदर्शनका बेला हलमा नै हेर्नुपर्ने हुन्छ।
चुम्बन जंग शाहीको लगानीमा निर्माण भएको यो फिल्ममा पल,नीति र बेनिशाका अलवा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा लगायतको अभिनय रहेको छ। बाल कलाकारमा सारा शर्माको अभिनय देख्न पाइने छ। भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व तथा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ। त्यसै गरि फिल्ममा दीपेन बस्न्यातको डीओपी रहेको छ।