सुचना, समाचार र मनोरन्जन

शर्मिला बर्देवा र डेबिटको ‘कश्मीरे गम्छा’

काठमाडौं :

नेपाली गीतसङ्गीतको बजारमा आफ्नो फरक सुमधुर स्वरमा जादू चलाईसक्नु भएकी गायिका हुन् शर्मिला बर्देवा। लामो समय देखि बिदेशी भुमिमा रहि नेपाली गीतसङ्गीतलाई चिनाउदै आउनु भएकी गायिका शर्मिला बर्देवा र गायक डेबिट शंकरको स्वरमा ‘कश्मीरे गम्छा’ सार्वजनिक भएको छ ।

गीतकार डि.पि. खनालको शब्द, युवा पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा संगीत संयोजन, मनोज परियारको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको अभिनय छ भने सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको छ श्रेष्ठलाई निर्देशनमा संजिबनी गोपालीले साथ दिएका छन्।

। काठमाडौको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुमन कटुवालको व्यवस्थापन, उत्सव दहालको छायाङ्कन, प्रबिनाको श्रृङ्गार, शिलन लम्सालकोे सम्पदन एवं कलरिङ र लाइक माइड्सको पोस्ट पोडक्सन रहेको भिडियोका निर्माता सरोज परियार हुन्। पछिल्लो समय सार्वजनिक भएका लोक गीतको भिडियो भन्दा अलि फरक तरिकाको प्रस्तुतिका कारण ‘कस्मीरे गम्छा’ श्रोता, दर्शकहरुको रुचिको बिषय बन्ने कुरामा निर्देशक सियोन श्रेष्ठ विश्वस्त छन्।

Leave A Reply

Your email address will not be published.