Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
- आज सुनचाँदीको मूल्यमा गिरावट
- नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी
- पर्वतको पाखादेखि लण्डनको छातीसम्म: आदर्श तमु शान्तकुमार गुरुङको निष्ठा, शूरवीरता र परोपकारको अमर गाथा
- कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
- एक हजार जनाको पारिवारिक पुनर्मिलन
- पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा
‘मुगलान’को फस्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा
काठमाडौं :
रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शत मिति घोषणा गरेको हो।
यो फिल्मको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ। फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन्। को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। फिल्मको प्रचार–प्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ। फिल्मको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।