सुचना, समाचार र मनोरन्जन

अमेरिकी अर्बपति मस्क ट्रम्प सरकारबाट बाहिरिने

अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने भएका छन । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएर नयाँ सरकारी निकाय गठन गरी त्यसको नेतृत्व गर्न नियुक्त गरेका थिए ।

मस्कले सामाजिक सञ्जाल एक्समा यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन । उनले आफूले काम छोडे पनि उहाँ आबद्ध निकायले भने काम गरिरहने र सरकारी खर्च काटौती मिसन समयसँगै बलियो हुँदै जाने दाबी गरेका छन ।

यसअघि मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयक (वान बिग ब्युटिफुल बिल) को विरोध गरेका थिए ।

अमेरिकी कार कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले विधेयकले बजेट घाटा घटाउनुको सट्टा बढाउने र उनले काम गरिरहेको सरकारी कार्यदक्षता विभाग (डोज) टिमले गरिरहेको कामलाई कमजोर पार्ने भन्दै विधेयकको आलोचना गरेका छन ।

Leave A Reply

Your email address will not be published.