सुचना, समाचार र मनोरन्जन

बृहत् मुस्ताङ सरसफाइ अभियान सम्पन्न

मुस्ताङ/

‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृहत् सरसफाइ तथा जनचेतनमूलक पाँचदिने अभियान शनिबार सकिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँच पालिकाले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ दिन शनिबार म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा पुगेर समापन भएको हो ।

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको (नेपाल–चीन) कोरलानाकाबाट मुस्ताङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत् सरसफाइ तथा चेतनामूलक अभियान सुरु गरिएको थियो । अभियानअन्तर्गत जिसससहित मुस्ताङका पाँचै वटा गाउँपालिका अध्यक्ष/उपाध्यक्षलगायत जनप्रतिनिधि एवं कर्मचारीको उपस्थितिमा अभियान सम्पन्न भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्ण सरसफाइ तथा चेतनामूलक अभियानमार्फत जिल्ला भित्रिने पर्यटक तथा पर्यटन व्यवसायी तथा आमसरोकारवालाई फोहरमैला व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लाका पाँचवटै पालिकाले आपसमा समन्वय र सहकार्य गरी फोहरमैला व्यवस्थापनमा जुटेको अध्यक्ष गौचनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.