सुचना, समाचार र मनोरन्जन
Sarangi

नागरिक उन्मुक्ति पार्टीको कास्की जिल्ला कमिटी गठन

पोखरा ।

नागरिक उन्मुक्ति पार्टीको कास्की जिल्ला कमिटी गठन भएको छ । कास्की जिल्ला संयोजक विर बहादुर तामाङको अध्यक्षतामा कमिटी गठन भएको हो ।

छविलाल लामिछाने, महादेव सापकोटा, युवराज भुगाई, प्रकाश भुगाई, सुरज थापा मगर, विष्णु माया दर्जा, सन्तोष विक, राजु जलारी, पूर्ण गुरुङ, विक्रम जलारी, अन्नत श्रेष्ठ, इन्द्र प्रसाद बराल, निरज बराल, सुमित बराल, रविन्द्र सापकोटा, श्याम माया थापा, शर्मिला थापा, विवेक तामाङ, गंगा आले, सविना श्रीस, डल्ली राना, थमन आले, ज्योती राना, मेलिना सुवेदी विष्णु मल्ल ठकुरी, जिवनाथ शर्मा, विशाल शेर्पा, पुजन गुरुङ, टिकीसरा तामाङ, डिलकुमारी पुन, ढाकाराम सापकोटा, रामप्रसाद गुरुङ लगायत ३५ जनाको कमिटी गठन गरिएको जानकारी गराइएको छ ।

उनीहरु सबैलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिव शिव कुमार बास्तोला, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र गण्डकीका उपसचिव राज सिंह जलारीले संयुक्त रुपमा स्वागत गरेका थिए । प्रमुख अतिथि समेत रहेका बास्तोलाले पहिचान सहितको राजनीतिक प्रणालीको स्थापनाका लागि नागरिक उन्मुक्ति पार्टीको उदय भएको बताए । उनले कास्कीलाई सक्रिय बनाउँदै गाउँगाउँमा संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् ।

गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङले पार्टीको हरेक गतिविधिमा कास्की सँगै हातेमालो गरिने उल्लेख गरे । उनले सांस्कृतिक र भौगोलिक पहिचानको सहितको संघीयतालाई आत्मसात् गर्दै गण्डकी प्रदेशको राजनीतिमा कास्कीलाई पनि अगाडि लिएर हिड्ने प्रतिबद्धता व्यक्त गरे ।

नागरिक उन्मुक्ति पार्टी कास्कीका पदाधिकारी र सदस्यहरु सपत ग्रहण गर्दै

Leave A Reply

Your email address will not be published.