सुदूरपश्चिम,
भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।
पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।
यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन् । उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन् ।
धनगढीका स्टेशनरी व्यवसायी विजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि केही बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमापारि जान्थे, अहिले पारिका बजार नगई चिनीलगायतका सामान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको छ ।” उहाँका अनुसार पहिलेको तुलनामा हालका दिनहरूमा चहलपहल बढेको भए पनि अपेक्षित सुधार भने भइनसकेको अनुभव सुनाउनुभयो ।
धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहको तयारीस्वरुप तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किँदा सीमामा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ ।”
सीमापारिको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उहाँले सुनाउनुभयो । तर सीमा क्षेत्रमा प्रहरीको सम्झाइबुझाई भन्दा पनि दबाब बढी हुने गरेको उहाँको अनुभव छ ।
विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य ९एमआरपी० लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमआरपी ९अधिकतम खुद्रा मूल्य०को जाँच पासमा समस्या सृजना हुँदा पनि राजस्व प्रभावित हुन पुगेको छ ।” एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाइ गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमापारिका बजारसम्म जान रोकिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भन्सार शुल्क उठाउन कडाइ गरिएपछि सीमापारि जानेहरू हाल शून्यप्रायः छन्, धेरैजसो नेपाली उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा बसिरहेको पाइन्छ । तर अहिलेका लागि भने उनीहरु नेपाली बजारमै किनमेल गरिरहेका छन् ।”
यात्रुले रु एक सयभन्दा बढीको मालवस्तु ल्याउँदा भन्सार लाग्ने पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कडाइ मात्र गरिएको उहाँले बताउनुभयो । भन्सार कार्यालयले भित्रिने मालवस्तुमा बढीमा ३९ प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ ।
राजस्व चुहावट नियन्त्रण गर्न रु एक सयभन्दा बढीका मालवस्तुमा कडाइका साथ भन्सार लिने कार्यले सकारात्मक प्रभाव देखिएको कतिपय नेपाली व्यापारीको प्रतिक्रिया छ । उनीहरु चुहावट नियन्त्रण गर्न सीमामा बस्ने कार्यालय र कर्मचारीलाई थप सशक्त र सक्रिय बनाउनुपर्ने बताउँछन् ।
सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू मालवस्तु खरिद गर्न सीमापारि पुग्नुपर्ने सामान्य जस्तै थियो । तर अहिले भने भन्सारमा कडाइ गरिएपछि साइकलमा मालवस्तु भित्र्याउनेहरूको गतिविधि ह्वात्तै घटेको छ ।
कैलालीको पहलमानपुरका तेजनारायण चौधरी सीमामा मालवस्तु ल्याउन कडाइ गरिएपछि चोर नाकाबाट अवैध चोरी हुने क्रम पनि बढ्ने आशङ्का गर्नुहुन्छ । अहिले यदाकदा उपभोक्ताहरूले यस्तो बाटो प्रयोग गरिरहेको पनि उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “भारतमा बनेको लुगा धुने एक पोका निर्मा पाउडरको नेपाली बजारमा रु १५० सम्म मूल्य पर्न थालेको छ, पहिले यो पाउडर रु १०० मा पाउँथ्यो । यो समान चोर नाकाबाट भित्रिएको हुनसक्ने आशङ्का छ ।”
भन्सारमा कडाइ गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ । नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्नेमध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यसअघिसम्म नेपाली थिए । बजारमा नेपाली मुद्रामा कारोबार पनि सहज रूपमा हुने गरेको छ ।
यसरी दिनहुँ मालबस्तुमा भन्सार महसुल लिने कार्य राम्रो भए पनि विवाह, व्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरूमा भन्सार महसुल लिने कुरा केही व्यावहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ ।
“व्यापारिक हिसाबले ल्याइने समानमा भन्सार शुल्क कडाइका साथ लिनुपछ”, तेजनारायण चौधरीले भन्नुभयो, “तर विवाह, व्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यावहारिक नभएकाले यसमा केही पुनर्विचार गर्नु जायज हुन्छ । यसो हुँदा हाम्रो वारिपारिको व्यापारिकमात्र नभएर अन्य सम्बन्धका साथै धेरै कुराहरूमा पनि सहज हुन जानेछ ।”
वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ ।
“फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङलगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन् ।” गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भन्नुभयो । “नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन् । भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ ।”
तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो । तर, ढुङ्गाको सोलिङ गरिएको छ । पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो । मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ । त्यहाँबाट अन्तु रोड छोडेर सिधैँ उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ । सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ ।
“दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ । अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ ।” वडाध्यक्ष सरन राईले भन्नुभयो, “यहाँ वनावटिपन केही छैन । सबै चिज प्राकृतिक हो । चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन् । पूर्वाधार विकास पनि भइरहेको छ ।”
यो सीमा क्षेत्र हो । यहाँ नजिकै मेची नदीको मुहान छ । भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन् । वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताउनुभयो ।