सुचना, समाचार र मनोरन्जन

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्सको चर्चा

काठमाडौँ :

नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स सार्वजनिक गरिएको छ। निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो।

ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको फष्टलुक्समा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ। पोस्टरको पृष्टभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवा पनि समेटिएको छ। पोस्टरले गहिरो विषयवस्तु प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ।

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ।

फिल्मको निर्देशन किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए । फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्व दिएका छन्। फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्मार्ता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार पारेका हुन् भने पास्र्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन्।

निर्माता ज्योतीराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए। हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा , रीति भेसभुषामा आवश्यक बिजुवा (नकछोङ )को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो। फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ। फिल्म स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउनेछ। निर्माता ज्योतीराजले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोडूसर’ लगायत फिल्मका साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरेका छन्।

Leave A Reply

Your email address will not be published.