सुचना, समाचार र मनोरन्जन
IVF New Banner

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई (फोटो फिचर )

काठमाडौँ :

स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसको भव्य रुपमा मनाइएको छ। मंगलबार काठमाडौंको राष्ट्रियनाचघरमा नारायण गोपालको ३३ औँ स्मृति दिवसको अवसर पारेर स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको हो ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उहाँहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेकी हुन्। सोही कार्यक्रममा दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरिन्। अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिएकी छन्।

Exchange and test

दुवैलाई सम्मान र पुरस्कारको राशि जनही रु ५१ हजार प्रदान गरिएको हो। सम्मान पत्र लिदै नारायण गोपाललाई संगीतकार रसिकले सम्झिए। उनले राष्ट्रियनाचघरमा नारायण गोपाल जिएम बन्दाको आफु उहाँको कारिन्दा भएको भन्दै आफ्ना भनाई राखेका थिए। नारायण गोपालसँग लुँडो खेल्दाको अनुभव समेत उनले बाँडेका थिए।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए। विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।कार्यक्रममा विभिन्न कलाकारले नारायण गोपालका झन्डै दुईदर्जन गीत प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन दिलाए।

Leave A Reply

Your email address will not be published.