सुचना, समाचार र मनोरन्जन

नवलपरासीमा गएरातिदेखि अवरुद्ध सडक खुल्यो

काठमाडौँ,

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गएरातिदेखि अवरुद्ध सडक खुलेको छ । बाढीले बगाएको डाइभर्सन बनाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

नवलपरासी प्रहरीका अनुसार अहिलेलाई साना गाडी र बस सञ्चालन हुन थाले पनि ठूला ट्रकलाई भने रोक लगाइएको छ ।

काठमाण्डौको मुख्य नाका नागढुङ्गामा आज भने गाडी केही सहज रुपमा सञ्चालन भइरहेको छ । हिजो र अस्ति निकै चाप रहेको यो सडकमा आज भने त्यति चाप नरहेको खानीखोला प्रहरीले जनाएको छ ।

सुरुङमार्ग नजिक केही चाप रहे पनि हिजो, अस्तिजस्तो घण्टौं जाममा बस्नपर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म भने यो सडकखण्ड बन्द गरेर निर्माणको काम हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.