काठमाडौं :
अभिनेत्री रेखा थापाले प्रदर्शनरत फिल्म ‘ह्रीव दीर्घ’मा पारिश्रमिक नलिइकन काम गरेको खुलासा भएको छ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले एक टेलिभिजनको अन्तरवार्तामा पारिश्रमिक विना नै काम गरेको खुलासा गरेकी हुन्।
रेखा थापाले यो फिल्मको अन्तिमा एक सिनमा काम गरेकी छन्। उक्त सिनका लागि अभिनेत्री थापाले सहजै स्वीकार गरेको नीताको भनाई छ।
‘रेखा दिदीले एक अप्रोजमा हुन्छ। म गर्छु तिम्ले गर्न लागेको फिल्ममा भनिदिस्यो’,नीताले भनिन्,‘नत्र त सोच्नुपर्छ नि यस्तो स्टार हो,नम्बर वान हिरोइन हो।कुनै बेलाको र आजसम्मको उहाँको छाप यति राम्रो छ। मेरो फिल्ममा पैसा नलिइकन काम गर्दिनुभएको छ उहाँले।’
आफुले फिल्म खेल्दाको समयमा रेखा थापा,विपना थापा,सञ्चिता लुइँटेलसँग काम गर्दाको अनुभव अझै रहेको सुनाईन। उनीहरुलाई आफ्नो फिल्ममा काम गराउन पाए हुन्थ्यो,कसरी गराउने भन्ने सपना बुनेको र ‘ह्रस्वदीर्घ’बाट पुरा भएको नीताको भनाई छ।
नीता भन्छिन्,‘दिदीकै फिल्मबाट मैले आफ्नो अरियर स्टार्ट गरेको थिए,मितिनीपछि अजम्बरी नाता। रेखा फिल्मस्बाट। मेरो एउटा सपना थियो । मैले बच्चामा जो देखे,विपना थापा,रेखा थापा दिदीहरु देखे,त्यसपछि सञ्चिता लुइँटेल दिदी देखे। मेरो दिमागमा थियो कि यि हिरोइन्हरुसँग काम गरेको छु। मैले यि सबै हिरोइनहरुलाई मेरो फिल्ममा समावेश गर्ने सपना थियो। जुन मेरो फिल्ममा पाए।’