सुचना, समाचार र मनोरन्जन

‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ को छैटौँ संस्करण आयोजना हुँदै, आवेदन फारम खुल्यो

काठमाडौं :

नेपाली गीत(संगीत र पहिरन (फेसन) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’को छैटौँ संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ आयोजना हुने भएको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यो अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो। अवार्डमा भाग लिन चाहने स्रष्टा र कलाकारहरूका लागि जेठ ५ गतेदेखि फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी दिएकी छन्।

आयोजक पक्षका अनुसार सन् २०२५ जनवरीदेखि सन् २०२६ मे अन्तिमसम्म रिलिज भएका गीत, संगीत तथा म्युजिक भिडियोहरूले यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। अवार्ड अन्तर्गत गीत(संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाडपर्व, भाषाभाषी, भेग विशेष र भजन विधाका गीत तथा म्युजिक भिडियोको टिमले प्रतिस्पर्धा गर्न पाउनेछन्।

त्यस्तै फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्युटिपेजेन्ट उपाधि विजेता, फेसन आइकन, फेसन तथा ब्युटीपेजेन्ट फोटोग्राफर, उत्कृष्ट फेसन शो, फेसन डिजाइनिङ इन्टिच्युट, र इन्टरनेसनल पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा संगीत, मोडलिङ र फेसन क्षेत्रमा आजीवन योगदान दिएका व्यक्तित्वहरूलाई ‘आजीवन योगदान सम्मान’ र अन्य विशेष सम्मानद्वारा सम्मानित समेत गरिनेछ।

यस अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी असार १३ गतेभित्र फारम भरिसक्नु पर्नेछ। इच्छुक सहभागीले नयाँ बानेश्वरस्थित स्टार वान इन्टरटेनमेन्टको कार्यालय र पुतलीसडकस्थित एसपी क्रियसन प्रा।लि।बाट फारम लिएर बुझाउन सक्नेछन्। अवार्डको भव्य आयोजना आगामी असारको अन्तिम साता गरिने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.