Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘गौँथली’को कमाइ २० करोड पार: ‘१२ गाउँ’को रेकर्ड तोड्दै
- ‘झिंगे दाउ २’ टिजरलाई १० लाख भ्यूज, संजालमा भाइरल हुँदैछ दृश्य
- सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहेको ‘अक्षरा’को मार्मिक टिजर सार्वजनिक
- महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
- ललित कुँवरद्वारा पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
- ‘पार्वती’ को भावुक गीत ‘मेरो दिदी’ रिलिज, लाइभ गाउँदा नीताका झरे आँसु
- युवा मन्त्रालय खारेज भएको छैनः मन्त्री यादव
- परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँः मन्त्री खनाल
- ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
- गण्डकी प्रदेशको तनहुँमा संचालनमा आयो एकमात्रै पशुको रगत परीक्षण सेवा
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ
काठमाडौँ,
नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो ।
“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन”, सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी) बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।
गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो । उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ ।