सुचना, समाचार र मनोरन्जन
IVF New Banner

बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई विवरण अध्यावधिक गर्न दूतावासको आग्रह

बेलायत/

नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ ।

Safal
IVF Post

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्थारसङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।”

बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए उपलब्ध गराउनसमेत दूतावासले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.