
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव ६७ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य आठ, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ तीन दशमलव ३० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु २६ करोड २४ लाख चार हजार १८४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ ।