सुचना, समाचार र मनोरन्जन

सालको पहिलो कारोवारमा नेप्से परिसूचक २७.१४ अंकले वृद्धि

काठमाडौं/

२०८२ सालको पहिलो र साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ । २०८१ को अन्तिम कारोबार दिन आईतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ ।  साताको अन्तिम कारोबार दिन ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको थियो ।

तर नयाँ वर्षको पहिलो कारोबारका दिन मंगलवार भने नेप्से परिसूचकमा हरियाली छाएको छ । नयाँ वर्षको सुरुवात कारोबार सकात्मक संकेत गरेको छ । मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave A Reply

Your email address will not be published.