कास्की/
पोखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताए । प्रहरीले उनीहरूको साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।