सुचना, समाचार र मनोरन्जन

पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको तयारी पुरा

कास्की/

कास्की माछापुच्छे« गाउँपालिकाको आयोजन साथै शिक्षा,युवा तथा खेलकुद शाखाको संयोजनमा यहि मंसिर १४ गते देखि १६ गते सम्म माछापुच्छे« गाउँपालिका अन्तर्गतका ११ वटा माध्यामिक विद्मालयहरु विच हने पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

पालिका भित्रका विद्मालयस्तरवाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर सम्म उजागर गर्ने उदेशयले प्रतियोगिता आयोजन गरिएको शिक्षा शाखा प्रमुख एवं खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिए ।

सम्पुर्ण विधामा प्रथम हुने विद्मालयले नगद रु १५ हजार , द्धितिय हने विद्मालयले नगद रु १० हजार र तृतिय हुने विद्मालयले नगद रु ७ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगितामा सहभागी ११ वटा विद्मालय बाट ३८३ विद्मार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने छ । प्रतियोगिता सञ्चालन अवधिका लागि सहभागी विद्मार्थीहरुको विमा गरिएको पालिकाले जानकारी दिएको छ ।

खेल माछापुच्छे« गाउँपालिका –४,लाहाचोकामा रहेको महेन्द्र माध्यामिक विद्मालयको खेल मैदानमा सञ्चालन हुनेछ जसमा छात्र छात्रा भलिवल ,कवडडी,शटपुट दौड,लगंजम्प, हाइजम्प,त्रिपलजम्म साथै ज्याभलिङ थ्रो लगायतका खेलहरु सञ्चालन हुने छन् ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्मालयले ११ स्वर्ण ५ रजत र ३ कास्य पाप्त गरि प्रथम , माछापुच्छे« मा।वि ले ४ स्वर्ण ३ रजत र ३ कास्या पाप्त गरि दोस्रो र ४ स्वर्ण २ रजत २ कास्याका साथ उदय मा।विले तेस्रो स्थानमा चित्त वुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.