सुचना, समाचार र मनोरन्जन
IVF New Banner

आजबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्।

काठमाडौं /

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्।

Safal
IVF Post

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ।

एमालेका अनुसार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ। पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका छन् ।

मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.