सुचना, समाचार र मनोरन्जन

धम्पुसमा अन्तराष्ट्रिय कला कार्यशाला सम्पन्न

पोखरा/

कास्कीको पर्यटकीय गाँउ धम्पुसमा अन्तराष्ट्रिय स्तरको कला कार्यशाला सम्पन्न भएको छ । जलेश्वर आर्ट फाउण्डेशन ओडिसा र न्युरो आर्ट नेपालको संयुक्त आयोजनामा २ दिनसम्म चलेको कार्यशालामा मंगोलिया, भियतनाम, भारत र नेपालका गरी करिव ४० जना कलाकारले सहभागिता जनाएको कलाकार एवं न्युरो आर्टका सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।

कार्यशालाको पहिलो दिन सहभागी कलाकारले धम्पुसको पर्यटकीय पहिचानलाई केन्द्रमा राखी विभिन्न पक्षलाई कला मार्फत चित्रमा उतारेका थिए । कार्यशालाको दोस्रो दिन कला प्रशिक्षण दिईएको सचिव पौडेलले जानकारी दिएका छन ।

कार्यक्रममा न्युरो आर्ट नेपालका अध्यक्ष हरेराम जोशी र कार्यक्रम संयोजक प्रा.डा निर्मल लामिछानेले न्युरो आर्टका विषयमा सहभागी कलाकारलाई प्रशिक्षण दिएका थिए । वरिष्ठ मनोचिकित्सक समेत रहेका प्रा.डा लामिछानेले प्रकृतिसँग नजिक भएर गरिने कार्यशालाले थप उर्जा प्रदान गर्ने वताउँदै, अन्र्तराष्ट्रिय स्तरको आर्ट क्याम्प गर्न पाउनु गर्वको विषय रहेको बताए । संस्थाले धम्पुसमा आयोजित कला कार्यशालाले अन्तराष्ट्रिय स्तरमै यस क्षेत्रको प्राकृतिक सुन्दरताको थप प्रचार हुने विश्वास व्यक्त गरेको छ ।

कलाकारले विविध विषय वस्तुमा केन्द्रित भई कोरेका चित्रहरु निकट भविष्यमा अन्र्तराष्ट्रिय स्तरमै प्रर्दशनीमा राखिने संस्थाले जनाएको छ ।केही समय पछि यस्तै कार्यक्रम भारतको ओडिसामा गर्ने तयारी पनि गरेको वताईएको छ ।

Leave A Reply

Your email address will not be published.