सुचना, समाचार र मनोरन्जन

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ देखि

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

पोखरा /

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छ्रेकोे व्यवस्थापनमा माछापुच्छ्रे-३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।

प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिए । त्यस्तै सेमिफाइनलमा उपविजेता ९२ टिमलाई रु ५०-५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७-७ हजार प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ । पौष २३ गते दिनको ठिक ४ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने साथै पौष २५ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले बताएको छ ।

Leave A Reply

Your email address will not be published.