सुचना, समाचार र मनोरन्जन

पोखरा १२ लाई प्लास्टिक व्यवस्थित वडा घोषणा

प्लास्टिक र प्रदूषण बढी रहेको बेलामा पोखरा महानगरपालिका वडा नं. १२ र यूएनडीपीबीच प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा बनाउने योजना एक कार्यक्रमका विच हतान्तरण गरीएको छ ।

पोखरा /

प्लास्टिकजन्य फोहोरको कारण पोखराका प्राकृतिक सम्पदा विग्रदै गएको भन्दै त्यसको न्युनीकरणमा पोखरा महानगरपालिकाले कार्यक्रमहरु सुरु गरेको छ ।

प्लास्टिकका कारण उब्जाउ खेतबारीमा उत्पादन कम हुनेदेखि प्राकृतिक सम्पदा प्रदूषणको चपेटामा परेको भन्दै प्लाष्टीको पुन प्रयोग हुने संभावनाहरुको खोजी गर्न थालीएको छ । प्लास्टिक र प्रदूषण बढी रहेको बेलामा पोखरा महानगरपालिका वडा नं. १२ र यूएनडीपीबीच प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा बनाउने योजना एक कार्यक्रमका विच हतान्तरण गरीएको छ ।

गएको चैतमा शून्य फोहोर न्यूनिकरणको मोडेलमा विकास र कार्यान्वयन परियोजनामा वडा कार्यलय र युनडिपि विच एमओयू सम्झौता भएको थियो । वडा तहमा पूर्ण चक्रिय प्लास्टिक फोहोर न्यूनिकरण र व्यवस्थापन गर्ने गरी योजना अघि बढेको हो । यसकालागि यूएनडीपीले ८० लाख बजेट वडामा खर्च गरेको पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए। प्लास्टिक न्यूनिकरण व्यवस्थापन र समुदाएमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयनका लागि उपयोग हुने बास्तोलाले बताए।

वडाको फोहोर संकलन गर्ने संस्था भद्रकाली वेस्ट,वडाका टोल सुधार समिति,आमा समूह,युवा क्लब र स्थानीय संघ संस्थासँग मिलेर फोहोर व्यवस्थापन गरेका छन् । पोलीथिन व्यागहरुलाई कम गर्न वडाले टोल समुदाए पसलहरुलाई फाइवर झोला समेत वितरण गरेको थियो भने टोल टोलमा डस्वीनहरु समेत राखेको बास्तोलाले जानकारी दिए । आयोजनालाई सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपाल, ब्लू वेस्ट टु भ्यालु प्रालि र ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले स्थानीयले संयुक्तरुपमा कार्यान्वयन गरेका छन् ।

पोखरा महानगरपालिका १२ मा ठोस र प्लास्टिक फोहोरको आधारभूत सर्वेक्षण र मूल्याङ्कन र फोहोर व्यवस्थापन प्रदर्शन तथा तालिम केन्द्र वडामा निमार्ण गरीएको छ । पोखरामा दैनिक २ सय मेट्रीकटन दैनीक फोहोर उठ्ने गरेको पोखरा महानगरपासिलकाले जनाएको छ ।

प्लास्टिकको व्यवस्थापनमा चुनौति बढिरहेको अवस्थामा यो परियोजना प्लास्टिक व्यवस्थापनका लागि नमूना वनेको मेयर धनराज आचार्यले बबताए। उनले वातावरण र पर्यावरण जोगाउन प्लाष्टीक जन्य पदार्थको प्रयोग घटाउदै लाने योजना महानगरको रहेको बताए।

फोहोर वाट उर्जा उत्पादन गर्ने तर्फ महानगरले योजना बनाएको बताए। पूर्ण चक्रिय प्लास्टिक फोहार न्यूनीकरण र व्यवस्थापन गरिने योजना रहेको छ । व्यवस्थापनकालागि अभ्यास र सरसफाई अभियान पनि संचालन गरीएको थियो ।

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पोखरामा रहेको प्लास्टिक प्रशोधन केन्द्रको स्तरोन्नति गरि काम नलाग्ने प्लास्टिकले प्लास्टिक रोड,प्लास्टिक इँटा,पुनः प्रशोधन गरेको वस्तु र उद्योगको इन्धन बनाउने काम समेत गरीएको यूएनडीपी जीइएफ एसजीपीका राष्ट्रिय कोओडिनटर विवेकधर शर्माले बताए।

यो अभियानअन्तर्गत ३ सय घर धुरीको फोहोरको आधारभूत सर्वेक्षण र मुल्याङकन गरिएको थियो । यस अभियानमा फोहोरहरू छुट्टयाउने र कम्पोस्ट विनबाट कसरी कम्पोस्ट मल बनाउने भन्ने व्यवहारिक शिक्षा समेत दिएको थियो ।

Leave A Reply

Your email address will not be published.