सुचना, समाचार र मनोरन्जन
IVF New Banner

दशरथ रंगशालामा त्रिविको ४९औं दीक्षान्त समारोह

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका भीआईपीहरु उपस्थित भएका छन्।

काठमाडौं /

त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका भीआईपीहरु उपस्थित भएका छन्।

Exchange and test

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्। त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उहाँले बताउनुभयो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ। दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ।

Leave A Reply

Your email address will not be published.