सुचना, समाचार र मनोरन्जन

सरकार सबै क्षेत्रमा असफल भएका कारण व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भयाे : महासचिव पोखरेल

बिराटनगर /

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन्।

Gandarbha

एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताए।

उनले अहिले कै संविधान अनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउँदै जनताले नीतिगत र दुरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताए। महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने बताए।

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरु आयोजना गरिने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.