सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा निर्वाचनको लागि माओवादीले माग्यो उम्मेदवारको प्रस्तावित नाम

काठमाडौँ/

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।

Pach Pandav

‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स.मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन सबै प्रदेशहरू एवं ज.व.स मोर्चाहरूलाई निर्देशन पठाउने’, माओवादीले पदाधिकारी बैठकपछि मातहतका कमिटीमा बिहीबार पठाएको सर्कुलरमा भनिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा हुने भागबन्डामा माओवादीले सत्ता गठबन्धनबाट ५ वटा सिट पाउने सम्भावना छ । सोहीअनुसार माओवादीले आफ्नोतर्फबाट उम्मेदवार टुङ्गो लगाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

Leave A Reply

Your email address will not be published.