सुचना, समाचार र मनोरन्जन
tigar

एक वर्ष पुगेपछि’बोल्ड डिसिजन’ लिन्छुः प्रधानमन्त्री दाहाल

सुनसरी/

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के।भी। इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा शुक्रवार प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताएका हुन् ।

sfal

उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोशिस गरिरहेको बताए । अबको निर्णय जनताको साथमा हुने बताए । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे। उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गर्नुभयो । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गरे ।

उनले भने, ‘मेरो अब एक वर्ष पुरा हुँदैछ । प्रधानमंत्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले केहि धक्का दिएर क्रमभङ्ग गर्दैछु अर्को । त्यतिबेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरुमा अहिले एउटा भाष्य बडो नराकात्मक । जनतालाई निराश पार्ने । नेपाल अध्यारोमा छ । कहिंकतै उज्यालो छैन । नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म यो मंचबाट आम नेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराष बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ । ’

Leave A Reply

Your email address will not be published.