सुचना, समाचार र मनोरन्जन

काठमाडौँ महानगरका स्कुलमा अब डीआई राख्न नपाउने

काठमाडौँ/

काठमाडौँ महानगरपालिका भित्रका स्कुलमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न, नगराउन सूचित गरेको छ । यसअघि शुक्रबार नै महानगरले चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य नगराउन विद्यालयहरुलाई सूचित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.