सुचना, समाचार र मनोरन्जन

सराङकोट भुमे कालिका मन्दिरमा घटस्थापना देखि दशैं विशेष पुजा हुने

पोखरा/
पोखराको सराङकोटमा घटस्थापना देखि भुमे कालिका पुजा हुने भएको छ । बडा दशैको अवसरमा भुमे मन्दिरमा दैनिक पुजा हुने मन्दिरका गुठियार तथा पुजारी सञ्जीव मगरले बताए । मगरले भने “यहाँ सदियौ देखि भुमेको मन्दिरमा बडा दशैंमा पुजा हुदै आएको थियो तर केही वर्ष देखि यहाँ मन्दिर सांस्कृतीक चपेटामा परेको भन्दै यस वर्ष देखि अझै विशेष रुपमा तान्त्रीक पुजा गर्ने तयारी गरेका छौ ।

Chaka Panja

पोखरा महानगरपालिका १८ सराङकोटको उच्च भागमा रहेको भुमे कालिका मन्दिरमा विभीन्न मनकामना पुरा हुने जन विश्वास रही आएको । मन्दिरमा आफ्नो कामना सिद्ध गर्ने भन्दै वली पञ्चवली भाक्कल दिने प्रचलन समेत रहेको छ।

नव रात्रको नौ दिन टाकुरामा रहेको मन्दिरमा विशेष पुजा हुने मगरले बताए । मन्दिरमा घट्स्थापना फुलपाती, अष्ठमी र नवमीमा विशेष तान्त्रीक पुजा गरीने मगरले जानकारी दिए । ऐतिहासिक भुमे कालिका मन्दिर संरक्षणमा स्थानीयहरुले चासो दिएका छन् । मन्दिरको संरक्षण सम्र्वद्धन र प्रवन्द्र्ध गर्न वडा कार्यालले पनि सहयोग गरेमा धार्मीक पर्यटकहरुको प्रचर संभावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.