सुचना, समाचार र मनोरन्जन
IVF New Banner

टेलिकमको दशैँ अफरमा ३ सय ९९ रुपैयाँमै ३० जीबी डाटा, रिचार्जमा बोनस

काठमाडौँ/

नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ । दशैँका लागि यो अफर भोलि ९२०८० असोज २८० देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।

Safal
IVF Post

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने छ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १ सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २ सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३ सय ९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधी तोकिएको यो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी दुई जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी आठ जीबी डाटा उपलब्ध हुनेछ ।

Leave A Reply

Your email address will not be published.