सुचना, समाचार र मनोरन्जन

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौँ/

सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल – प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो । केही विद्यार्थी घाइते भएका छन् । उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.