सुचना, समाचार र मनोरन्जन

न्यायपालिका सुधारोन्मुख छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ/

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधरोन्मुख भइरहेको बताएका छन्। छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो।

Chaka Panja

आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरुसमेत देखा पर्न थालेको बताए।

उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेकोसमेत बताए। उनले भने, ‘अहिले न्यायपालिका स्वभाविक लयमा हिँडन थालेको छ। र, सुधारको मार्गमा उन्मुख भइरहेको छ। छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ।’

Leave A Reply

Your email address will not be published.