सुचना, समाचार र मनोरन्जन

ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल

काठमाडौँ/

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै उनी कार्यभार सम्हाल्न ईपीएस कार्यालय पुगेकी छिन।

वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए ।

यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो । उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो ।

सुवेदी निलम्बनमा परेपछि निर्देशक पल खाली थियो ।

Leave A Reply

Your email address will not be published.