काठमाडौं/
सत्तारूढ नेकपा {माओवादी केन्द्र}ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाउने सहमति भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो।
माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन्।