सुचना, समाचार र मनोरन्जन

पोखरामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले सम्बोधन गर्ने

पोखरा /

राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज ‘पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती’ पोखरामा विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ ।

पृथ्वीचोकमा शाहकै सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर कार्यक्रम गर्न लागेको छ ।

Chaka Panja

‘राष्ट्र निर्माण’ नाम राखिएको कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी वक्ताको रुपमा सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । कार्यक्रम पृथ्वीचोकमा बुधबार दिउँसो एक बजे सुरू हुनेछ । कार्यक्रम सुरू हुनुअघि राष्ट्र गौरव अभियानले चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म ¥याली निकालिने कोइरालाले बताए ।

ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सह-आयोजक छन् ।

अभियानसहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा ¥याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म ¥याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.