सुचना, समाचार र मनोरन्जन

कर्णप्रिय स्वरसंगै गुञ्जियो पोखरामा ‘कन्दरा’

पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले चलेका र नयाँ गरी करिब २ दर्जन गीत गाए ।

प्रभु अधिकारी, पोखरा

कर्णप्रिय स्वरसंगै करिब २० वर्षपछि गृहनगरी पोखरामा चर्चित व्याण्ड कन्दराले गहकिलो सांगीतिक प्रस्तुति प्रस्तुत गरेको छ । पहिला घरदेश अनि परदेश भन्ने सन्देशसहितको कन्सर्टमा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले चलेका र नयाँ गरी करिब २ दर्जन गीत गाए ।

पोखरा प्रदर्शनी केन्द्रमा करिब साँढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुक दर्शकलाई भरपुर मनोरन्जन दिदै छमछमी नचाउने गरी आफ्नो बेजोड प्रस्तुती राख्यो ।

पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनायण श्रेष्ठले बताए । पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आवद्धता रहेको छाता सङ्गठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्वल अफ पोखरा सामिप्य सह-आयोजक रहेको कन्दरा लाइभ कन्सर्टले पोखरेली दर्शकको मन छुन सफल भएको छ ।

‘पहिला घरदेश अनि परदेश’ गीतसंगीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएकोे परिषदका अध्यक्ष श्रेष्ठले  बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घघोषका साथ मुलुकका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गर्ने अभियानको सुरुवात पोखराबाट भव्य सुरुवात भएको उनको दाबी छ ।

लिड भोकलिष्ट विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले १४ भन्दा बढी गीत संगीत लाइभ प्रस्तुति दिए । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’,जन्दिगी उत्सव हो‘, हङकङ पोखरा..। लगायतका उक्त व्याण्डले हालै गाइएको‘विचरा म’ पनि सुनाए।

आयोजक परिषद् र कन्दरा व्याण्डको व्यवस्थापक अल्फा स्क्वायर प्रा.लि.ले घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ उद्घोष सहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गर्ने उद्धेश्यले कन्दरा साँगीतिक अभियान–२०८० तय भएको हो ।

कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत संगीत बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सय भन्दा बढी कन्सर्ट भव्यताका साथ सम्पन्न गसिकेको छ । अभियानको यो पहिलो र ठूलो कन्सर्ट पोखरामा भएको आयोजकको दाबी छ ।

कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत संगीत बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सय भन्दा बढी कन्सर्ट भव्यताका साथ सम्पन्न गसिकेको छ । अभियानको यो पहिलो र ठूलो कन्सर्ट पोखरामा भएको आयोजकको दाबी छ ।

गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन् ।

Leave A Reply

Your email address will not be published.